लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

स्याङ्जा । लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ११ वर्षदेखि फरार रहेका प्रतिवादी फेदिखोला गाउँपालिका–२ बस्ने ३३ वर्षीय विशन गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

तत्कालिन पुनरावेदन अदालत पोखराको २०६९ असार १७ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेदिखोलाबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेश गरीएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङजामा पठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =