श्रीमान्– श्रीमतीको झगडाले विमान नै आकस्मिक अवतरण

एजेन्सी । जर्मनीको म्युनिखबाट थाइल्यान्डको बैंककका लागि उडेको लुफ्थान्जा एयरलाइन्सको विमान भारतको नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ ।

भारतीय मिडियाहरूका अनुसार विमानमा यात्रा गरिरहेका पतिपत्नीबीच झगडा परेपछि विमानलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।

झगडा हातपातको स्थितिसम्म पुगेपछि पाइलटले विमानलाई दिल्लीमा आकस्मिक अवतरण गराएको विमानस्थलका सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै पञ्जाब केशरीले समाचार लेखेको छ ।

विमानस्थलमा सुरक्षा अधिकारीहरू पुगिसकेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *