केपी ओली कप : कोशीको सान्त्वना जित

काठमाण्डौं । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित निकालेको छ ।

आज बुधवार पोखरा रङ्गशालमा भएको समूह ’डी’ को खेलमा कोशीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘निलो’ लाई ९ विकेटले हरायो ।

मदन भण्डारी ‘निलो’ ले दिएको ६८ रनको सामान्य लक्ष्य कोशीले ७ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायो । कोशीका सोनु अन्सारीले नट आउट ३५ रन बनाए । बलिङतर्फ मदन भण्डारी ‘निलो’ का शुभम् खनालले १ विकेट लिए ।

यसअघि पोखरा रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मदन भण्डारी ‘निलो’ १७ ओभर ५ बलमा ६७ रनमा अल आउट भयो । मदन भण्डारी ‘निलो’ का अर्जुन रायमाझीले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ कोशीका श्रवण यादवले ३ तथा फिर्दाेश अन्सारी र कमल खत्रीले समान २ विकेट लिए ।

केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल सेमीकरण यसअघि नै पूरा भइसकेको छ । समूह ’ए’ बाट बाग्मती प्रदेश, समूह ’बी’ बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब, समूह ’सी’ बाट मधेस प्रदेश र समूह ’डी’ बाट आर्मी सेमिफाइनलमा पुगेका छन् ।

सेमिफाइनल खेल भोलि बिहीवार हुनेछ । पहिलो सेमिफाइनलमा बाग्मती र आर्मी तथा दोस्रो सेमिफाइनलमा मधेस र एपीएफ खेल्नेछन् । फाइनल खेल पर्सि शुक्रवार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *