यू–१९ एसिया कपमा खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । आसन्न एसीसी यू–१९ एसिया कपमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार देव खनालको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो ।

टोलीका सदस्यहरुमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्शनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रांगु थापामगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।

यूएईमा डिसेम्बर ८ देखि हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =