कमेडियन अपूर्वक्षितिजलाई दोषी करार गर्दै अदालतले तोक्यो १० हजार जरिवाना

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्वक्षितिज सिंहलाई दोषी करार गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले मुलुकी अपराध संहिताको दफा १६५ सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसुरमा उनलाई १० हजार जरिवाना गराएको हो ।

उनीमाथि सार्वजनिक शान्तिविरुद्ध, जातीय भेदभाव तथा छुवाछुत र जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा पनि मुद्दा परेको थियो । तर ती मुद्दामा भने दाबी नपुगेको भन्दै इजलासले थप सजाय गरेको छैन ।

उनले हाँस्यव्यंग्य गरेकै आधारमा दोषी ठहर गर्दा गलत नजिर बसेको र जसले–जसलाई पनि मुद्दा हाल्न सक्ने भन्दै असन्तुष्टि जनाए ।

उनले कलाकारहरूबाट सहयोगको अपेक्षा राखेको भन्दै यसबारे पूर्णपाठ आउन केही समय लाग्ने भएर आफूहरू पुनरावेदनमा जानेर नजाने भन्ने विषयबारे अनिर्णीत भएको उनले बताए ।

कमेडी क्याफेमा ‘नेवारको परम्परा’ उनले स्ट्यान्डअप कमेडी गरेका थिए । उक्त भिडिओ २०७९ भदौ १० गते युट्युबमा हालिएको थियो ।
तर २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो ।

विरोध र आलोचना भएपछि उनले उक्त भिडिओ हटाएर सार्वजनिक रूपमा माफी मागेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *