चुनाव लड्दै बंगलादेशका कप्तान शकिब अल हसन

काठमाडौं । बंगलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसनले सत्तारुढ अवामी लिगबाट संसदीय निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।
बंगलादेशको १२ औं संसदीय निर्वाचनमा लड्न लागेका उनले गृह जिल्ला मगुरा–१ बाट उम्मेदवारी दिनेछन् ।
शकिब श्रीलंकाविरुद्धको विश्वकप खेलमा औंलामा लागेको चोटबाट मुक्त भइसकेका छैनन् । उनी कहिले मैदानमा फर्कनेछन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।
शकिबले विश्वकपअघि एकदिवसीय कप्तान नहुने बताएका थिए। तर उनी टी–२० मा भने कप्तान नै हुनेछन् ।
उनले आफ्नो पहिलो राजनीतिक अभियानका लागि क्रिकेट खेल्न न्यूजिल्याण्डको यात्रा गर्छन् वा गर्दैनन् स्पष्ट छैनन ।
अघिल्लो चुनावमा सांसद बनेका बंगलादेशका पूर्व कप्तान मशर्फी मोर्तजापछि शकिब पनि चुनावी मैदाना होमिन लागेका हुन् ।
बंगलादेशमा क्रिकेट र राजनीति जोडिदै आएको छ । शकिब र मशर्फीसँगै बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसन २००९ देखि सांसद छन् । उनले फेरि एक पटक आफ्नो किशोरगञ्ज निर्वाचन क्षेत्रबाट उम्मेदवारी प्राप्त गरेका छन् । बोर्डका निर्देशक शफिउल आलम चौधरीले पनि मौलवीबजार सिटमा उम्मेदवारी दिनेछन् ।








