केपी ओली कप : कुशल भुर्तेलको शानदार शतक

काठमाडौं । पोखरा भइरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छ्न् ।

मधेश प्रदेशविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि कुशलले १०२ रन जोडेका हुन् । उनले ५७ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । कुशलको शतकसँगै पुलिसले ५ विकेटको क्षतिमा १७५ रन जोड्यो ।

पुलिसका लागि अर्का ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले ४५ रन बनाए । उनले ४७ बलमा ४ चौका प्रहार गरे ।

धमला र कुशलबीच पहिलो विकेटका लागि १६ ओभरमा १३८ रनको साझेदारी भयो ।

समूह ’सी’ को यो खेलमा पुलिसका लागि करण केसीले ५ बलमा २ चौका र १ छक्का हिर्काउँदै नटआउट १६ रन जोडे ।

बलिङमा मधेशका विशाल पटेल र विशाल सुस्लिङले २–२ विकेट लिए ।

१७६ रनको लक्ष्य पछ्याएको मधेश १८.२ ओभरमा ११८ रनमा अलआउट हुँदा पुलिसले ५७ रनको जित निकाल्यो ।

मधेशका लागि रुपेश सिंहले २५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४० रन जोडे ।

बलिङमा पुलिसका करण केसी, सागर ढकाल, रासिद खान र ललित राजवंशीले २–२ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =