तस्बिरमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

काठमाडौँ । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको अभियान सुरु भएको छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमका साथ मनाउन गरिन्छ ।

नेपालमा महिला हिंसाविरुद्धको दिवस सन् १९९७ देखि मनाउने गरिए पनि २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष नोभेम्बर २५ लाई लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका रूपमा मनाउने घोषणा गरेको थियो ।

आइतबार महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन गरिएको छ ।

वन क्षेत्रमा हुने लैङ्गिक हिंसाविरुद्ध प्रदर्शन गरिएको थियो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवारदेखि सुरु भएको हो । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना बिस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानमा आज वसन्तपुरमा सचेतनामूलक नाटकको रूपमा लैङ्गिक हिंसा विरुद्ध कसरी अघि बढ्ने, कसरी न्यूनीकरण गर्ने भन्ने बारेमा सचेतना फैल्याएको बताए ।

उनी भन्छन्, ‘हामीले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान निरन्तर रूपमा गरिरहेका छौँ । आज हामीले वसन्तपुरमा सचेतनामूलक नाटकको रूपमा लैङ्गिक हिंसा विरुद्ध कसरी अघि बढ्ने, कसरी न्यूनीकरण गर्ने भन्ने बारेमा सचेतना फैल्याएका छौँ । लैङ्गिक हिंसाको अन्त्यको कुरा गरिरहँदा हामीले उपस्थितिमा कुन अवस्था छ, त्यसै गरी छलफल, निर्णय, कार्यान्वयन र लाभ वितरणमा लैङ्गिक हिसाबले प्रभावकारी बनाउने बारेमा अघि बढीरहेका छौँ ।’

त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी महासचिव पार्वता गौतमले देशव्यापी रूपमा १६ दिने अभियान मनारहेको र सामुदायिक वनमा भएका लैङ्गिक हिंसाका बारेमा सचेतनामूलक कार्यक्रम गरेर देखाइएको बताइन् ।

उनी भन्छिन्, ‘हामीले देशव्यापी रूपमा १६ दिने अभियान मनाइरहेका छौँ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई हामीले हरेक साल विभिन्न कार्यक्रमका साथ मनाउने गर्दछौँ । सामुदायिक वनमा भएका लैङ्गिक हिंसाका बारेमा के काम गर्छौँ भन्ने १६ दिनको कार्यपालिका बनाएर देशव्यापी रूपमा मनाएका छौँ ।’

उनले १६ दिनको कार्यपालिका बनाएर देशव्यापी रूपमा विभिन्न सचेतना फैल्याउने काम गरिरहेको बताइन् ।

तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *