गोर्खा सैनिकका श्रीमतीहरूको भोगाइलाई समेटिएको फोटो र चित्रकला प्रदर्शनी (तस्बिरहरू)

काठमाडौँ । गोर्खा बेमेन फोटो तथा आर्ट प्रदर्शनी सुरु भएको छ ।

आइतबार बबरमहलस्थित नेपाल कलापरिषदमा ब्रिटिस गोर्खा सैनिकका श्रीमतीहरूको भोगाइलाई समेटिएको फोटो र चित्रकला प्रदर्शनी सुरु भएको हो ।

गोर्खा इतिहास रहेको कलामा नयाँ विवाह भएपछि श्रीमान् संसारमा लडिरहेको बेला श्रीमतीहरूले कसरी परिवार सम्हाल्थिन र एउटा सिपाही ढुक्क भएर लडाइमा जान सक्थे भन्ने कथा समावेश गरिएको प्रदर्शनीका संयोजक उज्ज्वल थापाले बताए ।

गोर्खा सैनिकको इतिहास धेरै भएपनि महिलाको इतिहास कतै नपाएपछि अध्ययन अनुसन्धान थालेकी चित्रकार सुजना श्रेष्ठले ६ जिल्लामा ७० वर्षमाथिका महिलामा गरेको अध्ययनको क्रममा लिएका २० जना महिलाको फोटो, स्केच र भिडियो क्लिप प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा ती महिलाहरूले दैनिक जीवनमा प्रयोग गर्ने गरेका भाँडाकुँडा, आदिवासी महिलाले लगाउने लत्ताकपडा, गरगहनालगायत गोर्खा लाहुरेहरूले खिचेका फोटोहरू पनि राखिएको छ ।

मङ्सिर १३ गतेसम्म चल्ने प्रदर्शनीमा ५२ वटा फोटो, १८ वटा चित्रकला र भिडियो दृश्यका साथै कलाकारले काम गरेको सामग्रीहरू पनि राखिएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *