पूर्वराजालाई गगनको चेतावनी– च्याँखे दाउ नहान्नुस् महाराज, सिधै भिड्न आउनुस्

काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिएका छन् ।

राजवादीको नाममा पछिल्ला दिनमा काठमाडौंसहित विभिन्न ठाउँमा राप्रपा, दुर्गा प्रसाईं समूहले गरिरहेको गतिविधिलाई संकेत गर्दै थापाले उक्त चेतावनी दिएका हुन् । धर्मको आडमा राजनीति नगर्न पनि थापाले ज्ञानेन्द्रलाई चेतावनी दिए ।

कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई शनिबार तम्घासमा सम्बोधनको क्रममा महामन्त्री थापाले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनावमा आउन र संविधान संशोधन गर्न चुनौती दिएका हुन् ।

’राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसले प्रस्ट भन्ने हो, राजाले पनि जुवाको खालमा गएर च्याँखे दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए खालमा आउनुस् कांग्रेस भिड्न तयार छ । पार्टी खोल्ने, चुनाव लड्ने संविधानले दिन्छ । बहुमत ल्याउने संविधान फेर्ने, बदल्ने, फर्काउने । नेपाली कांग्रेस यो कुराको लागि तयार छ,’ उनले भने ।

महामन्त्री थापाले सरकारले पनि अतिवादीहरुलाई नै मलजल गरिरहेको आरोप लगाए । गणतन्त्रमा सडकमा नारा लगाउन, नेताको विरोध गर्नदेखि कांग्रेसकै कार्यकर्ताले पनि कांग्रेस मूर्दावाद भन्ने छुट रहेको बताए ।

प्रतिक्रिया

2 thoughts on “पूर्वराजालाई गगनको चेतावनी– च्याँखे दाउ नहान्नुस् महाराज, सिधै भिड्न आउनुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =