केपी ओली कप : कर्णाली प्रदेशको पहिलो जित
२०८० मंसिर ९ गते

काठमाडौं । पोखरा रंगशालामा शनिबार भएको खेलमा कर्णालीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी रेडलाई ४ विकेटले पराजित गरेको हो ।
आयोजकले दिएको १ सय १० रनको लक्ष्य कर्णालीले ११ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।
कर्णालीका लागि दीपेन्द्र रावतले नटआउट सर्वाधिक ४३ रनको योगदान गरे । प्रकाश जैसीले १९ र निश्चल रावलले १५ रन बनाए भने अरू खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयोजक मदन भण्डारी रेडले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँद १ सय ९ रन बनाएको थियो । उसका लागि रोशन गौतमले अविजित ३० रन जोडे भने निश्चल ज्ञवालीले १९, अंकित बिएमले १८, निर्मल थापाले १७ र सेहजाद आलमले १६ रन बनाए ।
मदन भण्डारी रेड र कर्णाली यसअघिका खेलमा बागमती प्रदेशसँग पराजित भएका थिए ।
२०८० मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित








