तीनकुनेबाट शंकास्पद व्यक्तिहरू पक्राउ

काठमाडौं । प्रहरीले तीनकुने क्षेत्रबाट शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन गर्न आएका पाँच जना शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति विना प्रदर्शन गर्न गएका उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रशासनले दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिएको छैन ।

बिहीबार बल्खुको प्रदर्शन सकिएपछि प्रसाईं समूहले पत्रकार सम्मेलनमा उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको प्रशासनको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *