सर्वाधिक कर तिरेर सांसद शर्माको ‘नोबेल मेडिकल कलेज’ सम्मानित

काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको छ ।

गत आर्थिक वर्ष २०७९ र ८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने करदाताका लागि आयोजना गरिएको सम्मान कार्यक्रममा नोबेल मेडिकल कलेजलाई सम्मान गरिएको हो ।

यस वर्षको स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो ।

राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतलेनोबेल मेडिकल कलेजका तर्फबाट डा खगेन्द्र प्रसाद (केपी) शर्मालाई आज सम्मान गरेका थिए ।

पाँचौ पटक सम्मानित भएको हो ।

२०६१ सालमा विराटनगरको कञ्चनबारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका क्षेत्रमा अब्बल मानिन्छ ।

पटक–पटक मुलुकको उत्कृष्ट करदाता बनेर नोबेलले राज्यलाई बढी योगदान गर्ने महत्वपूर्ण संस्थाको पहिचान पनि थपेको छ । कोशी प्रदेश सहित विभिन्न प्रदेश र भारतबाट आउने बिरामीलाई नोवेलले उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *