दक्षिण लेबनानमा भएको इजरायली आक्रमणमा २ पत्रकार र २ सर्वसाधारण मारिए

एजेन्सी । दक्षिणी लेबनानको टायर हार्फा गाउँमा भएको इजरायली आक्रमणमा दुई पत्रकार र दुई नागरिकको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय टेलिभिजन च्यानल अल–मायादीनका लागि काम गर्ने रिपोर्टर फराह ओमार र सोही च्यानलका लागि काम गर्ने फोटोग्राफर रबिह अल–मामारी दक्षिणी लेबनानमा घटनाहरू कभर गर्दै गर्दा मारिएको पुष्टि गरिएको हो ।

दुई इजरायली ड्रोनले उनीहरूमाथि आक्रमण गरेको बताइएको छ । यसैबीच दक्षिणी गाउँ काफ्र किलामा रहेको घरमा इजरायली तोपको गोली लागेर ८० वर्षीया लाइका सरहानको मृत्यु भएको छ भने नातिनी घाइते भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =