कतारको मध्यस्थता प्रस्तावमा इजरायली–हमास युद्धबिरामको सम्झौता स्वीकार
२०८० मंसिर ७ गते

एजेन्सी । इजरायलले बुधवार गाजामा युद्धबिराम गर्ने प्रस्ताव स्वीकार गरेको छ ।
प्यालेस्टाइनी कैदीबन्दीहरुको रिहाई र हमासले बन्धक बनाएका व्यक्तिहरूको पनि रिहाई गर्नुपर्ने सम्झौता भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
साथै बन्दीहरूलाई रिहाई गरेको बदलामा थप मानवीय सहायताको प्रवेश गर्न दिने कतारको मध्यस्थता प्रस्ताव इजरायलले स्वीकार गरेको हो ।
इजरायलको सरकारी स्वामित्वको कान टिभीले यसबारेमा स्पष्ट पारेको हो ।
२०८० मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








