सिरहामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक जना गम्भीर

सिरहाको सन्हैठामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकै वडाका तीन जनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्।

हुलाकी सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स २ प ४७३१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको प्रदेश २(०१(००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो।

दुर्घटनामा अर्नमा गाउँपालिका ५ का २७ वर्षीय दिनेश कुमार यादव, ३२ वर्षीय रामबृक्ष यादव र १९ वर्षीय मुकेश सिंहको मृत्यु भएको छ। सोही ठाउँका १५ वर्षीय युवराज यादव गम्भीर घाइते भएका छन्।

उनलाई थप उपचारका लागि विराटनगरको न्यूरो अस्पताल रेफर गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =