दुर्गा प्रसाईँलाई प्रचण्डको चेतावनी– राजा ल्याउँछु भनेर दिवा स्वप्ना नदेख

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन आग्रह गरेका छन् ।

बुधवार शंखधर दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय लोकतन्त्रपछिका उपलब्धिलाई कमजोर बनाउँदै जाने क्रम बढेको भन्दै सबैले एक ठाउँमा उभिएर उपलब्धिको रक्षामा लाग्नुपर्ने बताए ।

उनले आन्दोलन सफल भएपछि प्राप्त उपलब्धिको रक्षा गर्न बिर्सिने परिपाटी विकास भएको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताए ।

उनले व्यवसायी दुर्गा प्रसाईँप्रति लक्षित गर्दै दुःसाहस, दिवा स्वप्ना र ठूलो विभ्रम फैल्याउने कसरतमा लागेको भए पनि सफल हुन नसक्ने बताए ।

उनले भने– ‘एकथरी तत्त्वहरू अहिले एउटा दुःसाहस, दिवा स्वप्ना र एउटा ठूलो विभ्रम फैल्याउने कसरतमा छन्, जो कहिल्यै पूरा हुनेवाला छैन । नेपालको इतिहासमा चाहे राणा शासनबिरोधी आन्दोलनको कुरा होस् वा निरङ्कुश निर्दलीय तानाशाही पञ्चायती व्यवस्थाका बिरुद्धको आन्दोलनको कुरा होस् । त्यसमा नेपाली जनताको र काठमाडौं उपत्यकाका नेवार समुदायको भुमिका महत्वपूर्ण छ । सबै ठूला क्रान्तिपछि प्रतिगामी वा इतिहासको मञ्चबाट लोत्याइएका तत्वहरुले एकपटक फेरि फर्कने जमर्को गर्छन् । उनीहरुले अन्तिम रुपमा तागत प्रयोग गर्छन् । प्राप्त उपलब्धिको रक्षा गर्न जति शतर्क हुनुपर्ने थियो, जति तागत लगाउनुपर्ने हो, त्यो हामीले सकेका छैनौँ । हाम्रो त्यही कमीबाट आन्दोलन सफल भएपछि रिल्याक्स भएर छोड्ने हाम्रो परम्परा रह्यो । त्यसकै फाइदा उठाएर प्रतिगामी तत्त्वहरू फेरि पुनरागमन गर्ने षड्यन्त्रमा छन् ।’

प्रधानमन्त्री दाहालले जनताका हक अधिकारको लागि अझै अघि बढेर लड्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =