ओली र महेशलाई दुर्गा प्रसाईंको चेतावनी, भक्तपुर प्रवेश गर्दा आफ्नो अनुमति लिनू

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलन सफल नभएसम्म घर नफर्किने बताएका छन् ।

उनले भक्तपुरमा पत्रकार सम्मेलन गरी कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौँ आएको बताएका हुन् ।

उनले भने ‘हाम्रो अभियान दबाउन धेरै लगानी गरेका छन् । हामीसँग पैसा नभए पनि तर हामीसँग धेरै मानिस छन् । कि जेल जान्छु कि मर्छु भनेर काठमाडौँ आएको हुँ’, उनले भने, ‘आन्दोलन सफल नभएसम्म रोकिँदैन ।’

बिहीबार काठमाडौँमा हुने कार्यक्रममा भाग लिन काठमाडौँ आएका उनले यस्तै ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको उनको जिकिर छ ।

ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईँसँग अनुमति लिनुपर्ने उनले चेतावनी दिएका छन् ।

उनी भन्छन् ‘ओलीको कम्युनिस्ट सिद्धान्त गएको छ । अब कसरी मुख देखाउनुहुन्छ रु हजुरबुवा झापा जाँदा कसरी मुख देखाउनु हुन्छ रु अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईँसँग अनुमति लिनुपर्छ ।’

उनले युवासंघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोजेको आरोप लगाए । महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन भएकोमा उनले आपत्ति जनाए ।

ओली र बस्नेतलाई चेतावनी दिँदै उनले मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठुलो मूल्य चुकाउने चेतावनी दिए ।

गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको भन्दै एक्लो दुर्गा प्रसाईँसँग राज्य हल्लिएको उनले बताए । पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकाले गणतन्त्र हल्लिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =