जुटको बोराभित्र महिला र पुरुषको शव फेला

काठमाडौँ । चितवनमा बोराभित्र पोको पारेको अवस्थामा दुइ वटा शव फेला परेको छ।

बुधवार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले बताए ।

उनले अन्दाजी ३० वर्षका पुरुष र महिलाको शव जुटको बोराभित्र फेला परेको बताए । दुवै जनाको हात–खुट्टा बाँधिएको उनले जानकारी दिए ।

उनका अनुसार एक व्यक्ति माछा मार्न खोलामा गएका थिए । गन्ध आएपछि वरपर हेर्दा बोरा देखे । शंका लागेपछि प्रहरीलाई खबर गरेको डिएसपी पण्डितले बताए ।

उक्त शवहरूको सनाखत हुन बाँकी छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =