छुट्टाछ्ट्टै सवारी दुर्घटनामा ९ वर्षीय बालक र ४३ वर्षीय पैदलयात्रीको मृत्यु

काठमाडौँ । सर्लाही, हरिपर नगरपालिका–८ जुटपानीस्थित सडकमा ना.२ क ११० नम्बरको बसको ठक्करबाट बसमा सवार सोही ठाउँ बस्ने बीरेन्द्र पासवानको छोरा ९ वर्षीय आदित्य पासवानको मृत्यु भएको छ ।

बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मंगलबार साँझ शुभ स्वस्तिक अस्पताल बर्दीवासमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित सडकमा युपी ४५ टी ४५४५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४३ वर्षीय पप्पु खाँनको मंगलबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =