बाँकेमा एक महिलालाई ४ जनाले जबरजस्ती करणी गरेको अभियोग, ३ जना पक्राउ
२०८० मंसिर ६ गते

बाँके । २० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाँके खजुरा गाउँपालिका–१ जलपोखरी बस्ने २० वर्षीय युवराज राना, २० वर्षीय समिर थापा र २२ वर्षीय प्रबिण थापा रहेका छन् ।
युवराज, समिर, प्रबिण र जानकी गाउँपालिका–२ चौधरीपुर बस्ने २० वर्षीय सन्देश थापा क्षेत्रीले ती महिलालाई सोही गाउँपालिका–१ जलपोखरीस्थित अरहरी बारीमा लगि कात्तिक ३० गते पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूमध्ये तीन जनालाई पक्राउ गरेको हो ।
हाल फरार सन्देश थापा क्षेत्रीको प्रहरीले खोजी गरिरहेको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८० मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








