नेपालगन्जमा अवतरण नगरी फर्कियो बुद्धको जहाज

काठमाडौँ । काठमाडौँबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ । बिहान काठमाडौँबाट करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौँ फर्किएको हो ।

बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहले दिनुभएको जानकारी अनुसार नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुनः काठमाडौँ फर्काइएको हो । विमान काठमाडौँ विमानस्थलमा अवतरण गरिसकेको छ । उक्त विमान इन्धन भरेर पुनः नेपालगन्ज उड्ने तयारीमा छ ।

नेपालगन्ज विमानस्थलको मौसम ठिक भएपछि बिहान साढे नौ बजे मात्र खुला भएको जनाउँदै बुद्ध एअर नेपालगन्जले आगामी उडानहरू नियमित समयमा हुने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =