लोपोन्मुख मंगोलियन साइगा मृगको संख्या एकाएक बढ्यो

एजेन्सी । लोपोन्मुख मंगोलियन साइगा मृगको संख्या अचानक बढेर १५ हजार ५ सय नाघेको छ । स्थानीय सञ्चारमाध्यमले मंगलबार विश्व वाइड फण्ड फर नेचर (डब्ल्युडब्ल्युएफ) मंगोलियालाई उद्धृत गर्दै यसबारेमा जानकारी गराएको हो ।

मंगोलियन साइगा मृगको जनसंख्या यस वर्ष कम्तिमा १५ हजार ५ सय ४० पुगेको छ । साथै सन् २०१८ पछि मंगोलियन साइगा मृगको अवैध शिकारको कुनै घटना नभएको बताइएको छ ।

संक्रामक रोग, मौसमको समस्या र शिकार लगायतका समस्याका कारण २ हजारमा रहेको यो जनसंख्या घटेर ७५० मा सिमित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =