विश्वकप फुटबल छनोट : यमनसँग नेपाल पराजित  

काठमाडौँ । विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणको खेलमा यमनले नेपाललाई पराजित गरेको छ ।

समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २–० ले पराजित भएको हो ।

नेपाली टोलीले दशरथ रंगशालामा दोस्रो हाफमा दुइ गोल खाएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल–दाही र मोहम्मद अब्दुल्लाह अल–दाहीले दोस्रो हाफमा गोल गरे ।

ओमारले ७२ औं मिनेटमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । उनले नेपाली लेफ्ट ब्याक आशिष चौधरी उपचारका क्रममा मैदान बाहिर रहँदा गोल गरेका थिए ।

यस्तै मोहम्मद अब्दुल्लाह अल–दाहीले खेलको अन्त्यतिर गोल गर्दै यमनको जित पक्का गरे ।

दोस्रो चरणको छनोटमा यमनको यो पहिलो जित हो । यमनले दुई खेलबाट ३ अंक जोडेको छ । दुई खेलपछि नेपाल समूह एचमा अंकविहीन छ ।

यमनविरुद्ध नेपाली टिम :

किरण कुमार लिम्बु (कप्तान), रोहित चन्द, अनन्त तामाङ (योगेश गुरुङ ७३औं मिनेट), सनिश श्रेष्ठ, आशिष चौधरी, एरिक विष्ट (मनिष डाँगी ७३औं मिनेट), उत्सव राई, दिनेश हेन्जन (हिसुब थपिलया ५६औं मिनेट), अन्जन विष्ट (राजेश परियार, ७३ औं मिनेट), जिलेस्पी जंग कार्की (जिलेस्पी जंग कार्की ६९औं मिनेट), सेसेहाङ आङ्देम्बे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 4 =