केपी ओली कप : सन्दीप बने बागमतीको कप्तान

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेको कप्तानीमा बागमती प्रदेशले पोखरामा हुने केपी ओली कप टि–२० प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ ।

सिनियर टोलीका सन्दीप र प्रतिश जि. सिलाई समेट्दै टोली घोषणा गरेको छ । नेपाली टोलीबाट खेली सकेका इशान पाण्डे पनि टोलीमा छन् ।

नेपालको टोलीमा परि सकेका युवा स्पिनर सुर्य तामाङ भने टोलीमै अट्न सकेनन् ।

बागमती प्रदेशले २७ खेलाडी बन्द प्रशिक्षणमा बोलाउँदै १४ सदस्य टोली बोलाएको हो ।

सन्दिपले २०२१ को इपिएलपछि पहिलो पटक घरेलु क्रिकेट खेल्न लागेका हुन् । त्यो समय उनले काठमाडौ किंग्स ११ बाट कप्तानी गरेका थिए । त्यसै वर्ष काठमाडौ मेयर्स कपमा मेयर ११ को कप्तानी गरेका थिए । सन्दिप विदेशी लिगमा ब्यस्त हुदा घरेलु खेल्नी गरेका थिएनन् ।

मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा मंसिर ८ देखि १५ गतेसम्म पोखरा रंगशालामा क्रिकेट प्रतियोगिता हुनेछ ।

समूह ए मा बागमती, कर्णाली, मदन भन्डारी स्पोर्ट्स एकेडेमी रेड छन् । समूह बि मा एपिएफ, गण्डकी र लुम्बिनी प्रदेश छन् । समूह सि म नेपाल पुलिस क्लव, सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश छन् । आर्मी, कोशी र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् । हरेक समुह शिर्ष टोली सेमिफाइनल खेल्ने छन् ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने छन् ।

बागमतीको टोली :

सन्दीप लामिछाने( कप्तान), शुभ कान्साकार, आषुतोश घिरैया, रित गौतम, गौरव खड्का(विकेटकिपर), रोशन विक, प्रतीक श्रेष्ठ, सोनु देवकोटा, इशान पान्डे, सुवाश खत्री, प्रतिश जिसि, रामनरेश गिरि र दिपेश श्रेष्ठ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *