भैँसेपाटीको एकै घरबाट साढे १६ लाख बराबरको चोरी

ललितपुर । ललितपुरको एक घरबाट लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

ललितपुर महानगरपालिका–१८ भैँसेपाटी विनायक कोलनी बस्ने कामेश्वर यादवको घरबाट नगद २ लाख रुपैयाँ, अमेरिकी डलर, भारतीय रुपैयाँ र विभिन्न सुनका गहना गरी करिब १६ लाख ८१ हजार ४ सय ८४ रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको हो ।

घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले मूल गेटको ताला फोडेर चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुंग्मतीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =