भेरी नदीमा खस्नबाट बच्यो जिप, २२ जना घाइते

२०८० मंसिर ४ गते

काठमाडौँ । मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको गोइरीज्युलामा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । चौरजहारी नगरपालिका-१०, खोलागाउँबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी-८ मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेका ५ जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि लगिएको छ । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।

२०८० मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित