प्यालेस्टिनीहरूको समर्थनमा इरानमा जुलुस
२०८० मंसिर ४ गते

एजेन्सी । इरानीहरूले युद्धग्रस्त गाजा पट्टीमा प्यालेस्टाइनीहरूलाई समर्थन व्यक्त गर्न र तिनीहरू बिरुद्ध इजरायलको अपराधको निन्दा गर्न देशभर जुलुस निकालेका छन् ।
इरानको राजधानी तेहरानका साथै ताब्रिज, शिराज, इस्फाहान, रश्त, बुशेहर, अराक र काज्विनलगायत अन्य शहरमा ¥याली निकालिएको अर्ध–सरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ । तेहरानमा भएको ¥यालीमा प्रदर्शनकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलको बिरुद्धमा नारा लगाएका थिए भने गाजामा प्यालेस्टाइनीहरू र बालबालिकाहरूलाई समर्थन जनाएका थिए ।
तेहरानमा भएको ¥यालीमा प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बरलगायत उच्च पदस्थ इरानी अधिकारीहरूले भाग लिएका थिए ।
२०८० मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








