इजरायलद्वारा नाबातीहमा सन् २००६ को युद्धपछि पहिलो पटक आक्रमण

एजेन्सी । इजरायलले लेबनानको दक्षिणी शहर नाबातीहमा सन् २००६ को युद्धपछि पहिलो पटक आक्रमण गरेको छ । लेबनानमा जुलाई २००६ को इजरायली युद्धपछि पहिलो पटक इजरायली ड्रोनले लेबनानको दक्षिणी शहर नाबातीहमा आक्रमण गरेको लेबनानी सैन्य स्रोतले बताएको हो ।

ड्रोनले टुल र कफोर बीचको सडकमा रहेको स्थानीय एल्युमिनियम कारखानामा दुईवटा मिसाइल प्रहार गरेको थियो । कारखानाको केही भाग ध्वस्त भएपनि कुनै चोटपटक मानवीय क्षति नभएको बताइएको छ ।

नाम नखुलाउने शर्तमा श्रोतले इजरायली युद्धक विमान, हेलिकप्टर र ड्रोनले दक्षिणी गाउँ ब्लिडा, ऐतारोन, ऐता अल-शाब, माजदेल जुन र नाकुरामा १० वटा हवाई आक्रमण गरेको र भौतिक क्षति भएको पनि संकेत गरेका छन् । हिजबुल्लाहले अक्टोबर ८ मा इजरायलमा हमासको आक्रमणको समर्थनमा शेबा फार्ममा दर्जनौं रकेट प्रहार गरेपछि लेबनान-इजरायल सीमामा ६ हप्तादेखि तनाव बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =