विश्वकप फाइनल : भारतले गुमायो ३ विकेट

काठमाडौं । भारतले आइसिसी विश्वकप २०२३ को फाइनलमा अष्ट्रेलियाविरुद्ध राम्रो ब्याटिङ सुरुवात गरेको छ ।

नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले १०.२ ओभरमा ३ विकेट गुमाउदै ८१ रन बनाएको छ । बिराट कोहली २६ रनमा छन् ।

मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए ।

त्यसअघि तेस्रो ओभरको पहिलो बलमा एज लागेपनी विकेटकिपर जोश इंग्लिस र मिचेल मार्शको तालमेलको कमिको कारण उनी बचेका थिए ।

स्पिनर ग्लेन म्याक्सवेलको १० औं ओभरको चौथो बलमा रोहित शर्मा ४७ रनमा आउट भए । कभरमा ट्रविस हेडले एक सानदार क्याच लिएपछि रोहित पेभेलियन फर्केका हुन् । उनले ३१ बलमा ४ चौका र ३ छक्का हाने ।

प्याट कमिन्सको १० औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ऐर ४ रनमा इंग्लिसबाट क्याच आउट भए ।

अपराजित रहदै फाइनल खेलेको भारत तेस्रो उपाधी जित्न चाहन्छ । विश्वकपको सर्वाधिक सफल अष्ट्रेलिया छैटौं उपाधी जित्ने सोचमा हुनेछ ।

दुबै टोलीले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =