ट्रकको ठक्करबाट डोटीकी ‘कटी फूपु’ को मृत्यु

धनगढी । कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ ख ९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका-२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनी डोटीमा ‘कटी फूपु’को नामले परिचित थिइन् । रोस्याराको मृत्युपछि उनका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका-१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *