चिसो मौसम र वर्षाले गाजामा मानवीय संकट
२०८० मंसिर १ गते

एजेन्सी । चिसो मौसम र वर्षाले गाजामा मानवीय संकट बढाएको छ । प्यालेस्टाइन–इजरायली द्वन्द्व ४० दिन भन्दा बढी चलिरहेको बेला धेरै गाजानीहरूले आफ्ना परिवारका सदस्यहरू र घरहरू गुमाएका छन् ।
केही बिस्थापित व्यक्तिहरू अस्थायी आश्रयमा बस्न बाध्य छन् । तर, खराब मौसमले उनीहरुको जनजीवन कष्टकर बनाएको छ । अर्का बिस्थापित बासिन्दाले त्रिपालले वर्षाबाट आफूहरुलाई जोगाउन नसक्ने बताए । उहाँले घरमा हुँदा कुनै समस्या नरहेको र अहिले आफ्नो जीवनमा असुरक्षित महशुस गरेको बताए । वर्षा भइरहेको अवस्थामा गाजा पट्टीमा कुनै सहायता नपाएको गुनासो गरे ।
अर्का बिस्थापित महिलाले वर्षा, चिसो र बिजुलीबाट अभावमा जीवन कटाउनु परेको बताए । बिस्थापितले सबै पीडा भोगिरहनुपरेको तर कतैबाट सहयोग प्राप्त नभएको बताए । गाजाको अहिलेको अवस्था निकै कष्टकर रहेको उनको भनाइ थियो ।
२०८० मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित








