भलिबल खेलाडी सन्तोष थापाको बाइक दुर्घटनामा मृत्यु
२०८० कार्तिक ३० गते

काठमाडौं । गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोष बहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा परेर निधन भएको छ । स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोट फर्कने क्रममा बीच बाटोमा दुर्घटनामा परि २२ वर्षे सन्तोषको मृत्यु भएको हो ।
उनी एपिएफ क्लबबाट भलिबल खेल्दै आएका थिए । एपिएफ क्लबबाट एनभिए, लामाचौर र किङ्स कप खेलेका उनले गत वर्ष नवौँ राष्ट्रिय खेलकुद तथा टाइगर कप भलिबलको तीन वटै संस्करण गण्डकी प्रदेशबाट खेलेका थिए ।
२०८० कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित








