विश्वकप क्रिकेट
भारतले न्युजिल्यान्डलाई दियो ३ सय ९८ रनको विशाल लक्ष्य
२०८० कार्तिक २९ गते

काठमाडौं । विराट कोहली र श्रेयश अय्यरको शतकमा भारतले एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्डलाई बिशाल लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार वानखडे स्टेडियममा घरेलु टोली भारतले फाइनल प्रवेशका लागि न्युजिल्याण्डलाई ३ सय ९८ रनको लक्ष्य प्रस्तुत गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनायो ।
कोहलीले कीर्तिमानी ५० औं शतक प्रहार गर्दा श्रेयशले लगातार दोस्रो शतक प्रहार गरे ।
कोहलीको १ सय १७ रनको इनिङ्समा भारतका लागि श्रेयशले १ सय ५ रन बनाए । ठुलो रनतर्फ अघि बढेका सुभमन गिल ८० रनमा रिटायड हर्ट हुदाँ कप्तान रोहित शर्माले ४७ रन बनाएका थिए ।
न्युजिल्याण्डका टिम साउथीले ३ तथा ट्रेन्ट बोल्टले १ विकेट हात पारेका थिए ।
२०८० कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित








