३ वर्षका बालकले जिते पल्सर बाइक

डोटी । डोटी उद्योग वाणिज्य संघले आयोजना गरेको चिट्ठा उपहार कार्यक्रम ‘लक्ष्मीको नजर कसलाई ?’ मा ३ वर्षीय बालक सारांश भट्ट मुख्य विजेता वनेका छन् ।

आइतबार दिपायल पिपल्लामा खोलिएको चिट्टाबाट दिपायल सिलगढी नगरपालिका-५ पुन्नाका सारांशले १५० सिसीको बजाज पल्सर मोटरसाइकल जितेका हुन् । विजया दशमी, शुभ दीपावली तथा छठ पर्व–२०८० को उपलक्ष्यमा खेलाइएको चिट्ठा उपहार कार्यक्रममा सारांशका बुवाले छोराको नाममा चिट्ठा काटेका थिए ।

चिट्ठा कार्यक्रममा शिखर नगरपालिका–१० का विक्रम नाथ दोस्रो भएका छन् । उनले ‘सामसुङ ग्यालेक्सी एजिरोफोरएस’ मोबाइल जितेका छन् । तेस्रो भएका शिखर नगरपालिका–२ मुडेगाउँका ऋषिराज जोशीले १० हजार रुपैयाँ नगद उपहार प्राप्त गरेका डोटी उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम साउँदले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 1 =