काठमाण्डौंमा २४ सै घण्टा देउसीभैलो खेलेपनि सुरक्षा दिन तयार छौँ : प्रहरी

काठमाण्डौ । तिहारमा काठमाण्डौमा २४सै घण्टा देउसीभैलो खेल्न पाइने भएको छ ।

प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलो खेल्न कुनै सीमित समय निर्धारण नगरेको भन्दै काठमाण्डौमा २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न पाइने जनाएको हो ।

काठमाण्डौ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गरे । उनले कसैले समय तोकेर देउसीभैलो खेल्न अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गरे ।

’काठमाण्डौमा आफ्नो संस्कृतिअनुसार देउसीभैलो खेल्नका लागि कुनै सीमित समय तोकेका छैनौँ। प्रहरी र सुरक्षा समितिले काठमाण्डौमा २४ सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला रहेको छ । प्रहरी २४सै घण्टा सुरक्षा दिन तयार छ । तर नागरिकहरुले कुनै उश्रृङ्खल क्रियाकलाप नगरि सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक छ ’उनले भने ।

उनले सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको बताउँदै प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिरहेको बताए । उनले सुरक्षा प्रबन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको दाबी समेत गरे ।

यसअघि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा व्यवस्था गरिएको बताएका थिए । मेयर शाहको भनाइप्रति लक्षित गर्दै प्रहरी प्रमुख खत्रीले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रबन्ध महानगरपालिकाले गरेको भने पनि कानुनको शासन हुने देशमा कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताए ।

उनले नागरिकहरुले कुनै उश्रृङ्खल क्रियाकलाप नगरि सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *