दीपावलीमा झिलिमिली काठमाडौँ उपत्यका (तस्बिरहरू)

काठमाडौँ । लक्ष्मीपूजाको साँझ काठमाडौँ उपत्यकामा झिलिमिली देखिएको छ ।

घरघरमा बालेका दीपले पूरै उपत्यका झलमल्ल देखिएको हो । तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।

आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवान् को पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरू अर्थात् थम्बाहरूलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्त्वपूर्ण लिइन्छ । विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभ कार्यमा अनिवार्य जसो केराका एक जोर खम्बाहरूलाई मूल द्वारमा राख्ने गरिन्छ ।

यससँगै घरमा दीप प्रज्वलन गरिएको छ । दीप जलाएर झिलिमिली पार्ने भएकाले यो पर्वलाई दीपावली पनि भनिन्छ ।

हेर्नुहोस् तस्बिरहरू:

सबै तस्बिरहरू : मकालुखबर 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *