फूलमय बन्यो भृकुटीमण्डप(तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले फूल बिक्रीका लागि चार ठाउँ तोकेको छ ।

काठमाडौं । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणमा फूल बिक्री ठाउँ तोकिएको महानगरले जनाएको छ ।

महानगरले नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सको संयुक्त प्रयासमा फूल बिक्रीका लागि ठाउँ तोकेको हो ।

नेपालमै उत्पादित फूल बिक्रीका लागि अवरोध नगरिने मेयर बालेन शाहले बताएका छन् ।

तोकिएका चार स्थानमा नेपालमै उत्पादित फूल मात्रै बिक्री गरिनेछ ।

महानगरले फूल बिक्रीका लागि आएका किसानहरूलाई महानगरको गाडीमा राखेर भृकुटीमण्डप लगेको छ ।

तस्बिरहरूः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *