कुकुर कला (तस्बिरहरू)

काठमाडौँ । महाराजगजस्थित नेपाल प्रहरी केनाईनको प्रधान कार्यालयमा कुकुर पूजा सम्पन्न भएको छ । २३ जना केनाईन र ह्यान्डलरसँगै विभिन्न प्रदर्शनसँगै यस वर्षको उत्कृष्ट ह्यन्डलर र उत्कृष्ट कुकुरलाई सम्मान गरिएको हो ।

हाइजम्प र बाधापारमा ह्यान्डलर प्रह बुद्धिप्रसाद कँडेलको कुकुर रोज, रनिङ्गमा ह्यान्डलर प्र ह भीमप्रसाद गौतमको कुकुर टाइगर प्रथम हुन सफल भएको छ । त्यस्तै गरि यो वर्षको अपराध छानबिनमा उत्कृष्ट ह्यान्डलर बुद्धिप्रसाद कँडेल भएका छन् भने उत्कृष्ट कुकुर वीरगन्ज केनाईन कार्यालयको ह्यान्डलर प्रह हतिफ हवारीको कुकुर रियो भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *