राजधानीमै छरपस्ट छन् ०७२ भूकम्पका क्षतिग्रस्त संरचना (तस्बिरहरू)

काठमाडौँ । हालै मात्र पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ठुलो जनधनको क्षति भएको छ । २०७२ सालको भूकम्पलाई मानसपटलबाट पूर्ण रूपमा हटाइ नसक्दै पश्चिम नेपालको भूकम्पले त्रास थपिएको हो ।

२०७२ सालमा गएको भूकम्पबाट क्षति भएका संरचना, सांस्कृतिक र ऐतिहासिक धरोहर अझै पुनः निर्माण हुन सकेका छैनन् । सरकारले आवश्यक चासो र चिन्ता नदेखाउँदा यी संरचनाहरू भग्नावशेषका रूपमा मेटिँदै गएका छन् ।

टाढाको कुरै नगरौँ । काठमाडौँको वसन्तपुर क्षेत्रका कतिपय निजी भवन, सांस्कृतिक सम्पदाहरू पुनः निर्माण सुरु समेत भएका छैनन् । २०७२ सालको महाभूकम्पको भग्नावशेषहरू सङ्घीय राजधानी वरपर यत्रतत्र फेला पर्छन् । २०७२ सालको महाभूकम्पबाट भोगेको अनुभवलाई ८ वर्षसम्म व्यवहारमा नउतार्दा अहिले पश्चिम नेपालमा ठुलो क्षति भएको छ । अझै पनि विज्ञहरूले पश्चिम नेपालमा ठुलो भूकम्पको जोखिम रहेको चेतावनी दिइरहेका छन् ।

अब बेलैमा पुनः निर्माण नगर्ने र पूर्व तयारीका साथ नबस्ने हो भने भविष्यमा पुनः अहिलेको क्षति दोहोरिने निश्चित प्रायः छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *