‘ग्राण्ड एडमिसन डे’ का विजेतालाई राइटपाथले दियो स्मार्ट फोन (भिडिओ)


काठमाडौँ । राइटपाथ करियर काउन्सिलिङले ‘ग्राण्ड एडमिसन डे’ को विजेता वर्षा सुनारलाई स्मार्ट फोन उपहार प्रदान गरेको छ ।
शुक्रवार पुतलीसडक स्थित राइटपाथको मुख्य कार्यालयमा आयोजना गरिएको पुरस्कार वितरण समारोहमा उनलाई ५० हजार बराबरको स्मार्ट फोन प्रदान गरिएको हो ।
असोज १७ गते बुधवार भएको ‘ग्राण्ड एडमिसन डे’ कार्यक्रममा सहभागी ५ सय भन्दा बढी विद्याथीहरू मध्येबाट वर्षा सुनारलाई लक्की ड्र मार्फत विजेता घोषणा गरिएको राइटपाथका संस्थापक एवम् सिइओ फिलिप डिसीले बताए ।
एडमिसन डेमा विभिन्न देशबाट २० भन्दाबढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी भएका थिए ।
अमेरिका , बेलायत, क्यानडा र अस्ट्रेलियाबाट युनिभर्सिटी तथा कलेजहरूका प्रतिनिधिहरूले सो अवसरमा विद्यार्थीहरूलाई परामर्शसँगै अन्य अवसरहरू पनि प्रदान गरेका थिए ।
उक्त अवसर अन्तर्गत उच्च शिक्षा हासिल गर्न जाने प्रक्रिया पूर्ण रूपमा निःशुल्क र आयल्समा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुटको व्यवस्था गरिएको राइटपाथले जनाएको छ ।
छोटो समयमा नै देशका विभिन्न स्थानमा राइटपाथले आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । काठमाडौँको पुतलीसडकमा आफ्नो मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले बानेश्वर, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल, झापा र धनकुटामा समेत सेवा विस्तार गरिसकेको छ ।
उक्त कन्सल्टेन्सीबाट कक्षा १२ पास गरिसकेका साथै डिप्लोमा , ब्याचलर, मास्टर्स अध्ययन गर्न र विदेश जान चाहने विद्यार्थीले शैक्षिक परामर्श लिन सक्छन् ।
कन्सल्टेन्सीले युके, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा, अमेरिका जस्ता शैक्षिक गन्तव्य भएका देशका लागि काम गर्दै आएको जनाएको छ ।
