नेपालमा १० हजार बढी झोलुङ्गे पुल निर्माणको उपलक्ष्यमा तस्बिर प्रदर्शनी (हेर्नुहोस् तस्बिरमा)

काठमाडौँ । नेपालमा दस हजार बढी झोलुङ्गे पुलहरू निर्माण सम्पन्न भएको उपलक्ष्यमा तस्बिर प्रदर्शनी भएको छ ।

स्थानीय पूर्वाधार विभाग र सहरी विकास मन्त्रालयको आयोजनामा ललितपुरको जावलाखेलमा २ दिने तस्बिर प्रदर्शनीमा राखिएको छ ।

कुल ७३० वटा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा लक्ष्य नाघेर ७४४ वटा निर्माण सम्पन्न भएका आर्थिक वर्ष २०७९ र २०८० , यो सङ्ख्या वार्षिक झोलुङ्गे पुल निर्माणको नेपाली इतिहासमा नै पहिलो उच्च परिमाण हो ।

यसै आर्थिक वर्ष नेपालका नदीनालाहरूमा झोलुङ्गे पुल निर्माणको १०,००० को सङ्ख्या उछिनिएको छ।

गत आवमा निर्माण सम्पन्न भएका झोलुङ्गे पुलबाट मात्र पनि अव दूरण्दराजमा बसोबास गर्ने कम्तीमा १२ लाख आम नेपाली लाई सहजता दिलाएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।

सन १९६४ बाट स्वीस सरकार विकास एसडिसिको अनुदान सहित प्राविधिक सहयोग, हेल्भेटास नेपाल र नेपाल सरकार बाट प्रारम्भ भएको झोलुङ्गे पुलहरूको निर्माण हाल आव सम्म आइपुग्दा दस हजार चार सय बाह्र वटा पुल बनिसकेका छन् ।

     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *