भक्तपुरमा दुई महिलामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमिमा दुई जनामाथि आक्रमण गर्ने चितुवालाई नियन्त्रणमा लिइएको छ । शुक्रबार बिहान करिब ७ बजे दुई जना महिलालाई आक्रमण गरेर घाइते बनाएको चितुवालाई नियन्त्रणमा लिइएको हो ।

चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय काठमाडौंका वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटिएको थियो । मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ लालीगुँरास टोलस्थित एक घरको कम्पाउण्डभित्र लुकेको चितुवालाई डिभिजन वन कार्यालयको टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको हो ।

चितुवाको आक्रमणबाट घाइतेहरूको अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *