जाजरकोटमा आज पनि भूकम्पको धक्का

जाजरकोटमा बिहीबार (आज) पनि भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ६ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

यही कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएयता निरन्तर परकम्प गइरहेका छन्।

१७ गतेको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरी १५३ जनाको मृत्यु भएको छ भने ३७२ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 15 =