कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ७५.४५ प्रतिशतले मात्र गरे ग्रेडवृद्धि

काठमाडौँ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

बिहीबार नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो ।

गत असोज ९ र १० गते सञ्चालन भएको उक्त परीक्षामा कुल परीक्षार्थीको ७५.४५ प्रतिशतले मात्र ग्रेडवृद्धि गरेको कार्यालयले जनाएको छ ।

ग्रेडवृद्धि परीक्षामा एक लाख १७ हजार ८८२ सहभागी परीक्षार्थीहरू मध्ये ८८ हजार ९४७ जनाले ग्रेडवृद्धि प्राप्त गरेका छन् । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।

ग्रेडवृद्धि परीक्षामा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूले ७ मंसिर पश्चात ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र ग्रेडवृद्धि (टीएमपीजी) प्रमाणपत्रका लागि रसिद काट्न सक्ने सकिनेछ ।

शैक्षिक प्रमाणपत्र प्राप्त गर्नको लागि कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट लेजरको प्रमाणित प्रति अनिवार्य रुपमा संलग्न हुनुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *