नक्कली शरणार्थी प्रकरणको सुनुवाइ फेरि स्थगित

काठमाडौं । उच्च अदालत पाटनमा नक्कली शरणार्थी प्रकरण अन्तर्गत मुछिएकाहरूले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।

न्यायाधीशहरु कृष्णराम कोइराला र मुरारीबाबु श्रेष्ठको इजलासमा मुद्दाको पेशी परेको थियो । तर सुनुवाइ भने स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौँले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउनु भनी आदेश गरेका आरोपितहरू त्यसको बदरको माग गरेर उच्च अदालत पुगेका थिए ।

धरौटीमा छुटेकाहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखी सरकारी वकिल कार्यालयले पनि निवेदन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *