विट्विन द लाइन्स

आकाङ्क्षा कार्कीसँग पितृसत्ता, विवाह, समानूभुति, छोरी र बुहारी, सँगै बिचार भएकी महिला हुनुको अनुभवबारे गरिएको कुराकानी (भिडियोसहित)

‘मेरो सो सुरु हुन लागिरहेको छ । तिमी पनि मेरो सुरुवाती अतिथि हौ है ।’ मैले उनलाई म्यासेज गरेँ । 

उनी खुसी भइन् । हुन्छ भनिन् ।

त्यस बेला उनले निर्देशन गरेको नाटक ‘वेडिङ एल्बम’ चलिरहेको थियो । प्रसिद्ध भारतीय नाटककार गिरीश कर्नाडले लेखेको उक्त नाटक मैले कौसी थिएटरमा हेरिसकेको थिएँ । विवाह गर्न लागेकी एक युवतीको कथामार्फत त्यसले हाम्रो पूर्वीय समाजका धेरै पर्दाहरू उघारेको थियो । यहाँ महिला हुनु भनेको के हो । महिलाहरूले कुन कुन तहसम्म विवाह जस्ता संस्थाहरूको कारण दुःख पाइरहेका छन् देखाएको थियो । अनि केही दृश्यमा पितृसत्ताको कारण कसरी पुरुष पनि समस्यामा छन् पनि बताएको थियो ।

यस्तो विषय आकाङ्क्षाको गर्ने काममा पहिलोपल्ट आएको हैन । उनले पहिलोपल्ट निर्देशन गरेको नाटक नै Vagina Monologues को नेपाली संस्करण ‘योनिका कथाहरू’ थियो । मैले त्यो नाटक हेरेर सेतोपाटीमा रिभ्यु गर्दै भनेको थिएँ ‘यसमा पात्रहरू कुर्सीमा आउँछन्, बस्छन् र आफ्नो कथा सुनाउँछन्। ती कथा धेरैजसो पीडाका छन्। हरेक पात्रले कथा भनिरहँदा बिचबिचमा आउने चकमन्नताले दर्शकको दिमाग हुत्त्याएर पत्रपत्रिकामा छापिएका महिला हिंसा तथा बलात्कारका घटनामा पुर्‍याउँछ। योनीले भोगेका असामान्य परिस्थितिका कथा भनिँदै जाँदा दर्शकलाई आत्ममूल्यांकन गर्न बाध्य पार्छ।’

त्यही नाटकको तेस्रो शृङ्खलामा उनले नेपालमा भएका अनेक हिंसाहरूलाई पनि जोडेकी थिइन् । त्यो नाटकको लेखन प्रक्रियामा म पनि सँगै थिएँ । 

त्यसपछि उनका जति पनि नाटक आए तीनले कुनै न कुनै रूपमा समाजले नराम्रो भन्ने गरेका कुराहरूलाई नै चलाएका थिए । या त राजनीतिक विषयलाई छोएका थिए । उनी अहिलेको समयको भएको कारणले पनि उनले गरेका कामहरूले धेरै जसो वर्तमान समय र त्यो पनि सहर केन्द्रित विषयहरूलाई पनि समात्ने गरेका थिए । 

मलाई उनीसँग यी र यस्तै विषयको वरपर रहेर कुरा गर्नु  थियो । उनी कुनै विषयलाई कसरी लिन्छिन् । उनलाई एक निर्देशकको रूपमा के कुराले तान्छ ? उनी महिला विषयहरूलाई कसरी हेर्छिन् ? यस्तै यस्तै । 

हामीले त्यसरी नै यो संवाद गर्‍यौँ । 

यसमा उनले पितृसत्ताको चक्र किन निरन्तर चलिरहेको छ भन्ने बारेमा बोलेकी छन् । उनले गर्ने कामहरूमा हुने समानूभूतिको महत्त्व दर्साएकी छन् । आफ्नो स्पेस हुनुले उनलाई एक निर्देशकको रूपमा के फाइदा पुगेको छ भनेकी छन् । छोरी र बुहारीको अन्तर पहिल्याएकी छन् । यौन जस्ता विषयमा मानिसहरू उत्सुक भएर पनि बोल्न किन लजाइरहेका छन् खोतलेकी छन् । सँगै अहिलेको युवा पुस्ताले भोगिरहेका समस्याहरू केलाएकी छन् । 

बाँकी सबै कुरा यही अन्तर्वार्तामा । 

टाइमस्ट्याम्पमा गएर हेर्नुभयो भने मैले सोधेका सबै प्रश्नहरू छुट्टाछुट्टै पनि हेर्न सकिन्छ ।

अन्तर्वार्ताको सुरुवात

1:26 – एक निर्देशकको रूपमा तिमीलाई तान्ने चिजहरू के के हो ?

4:14 – तिमीलाई डिफाइन गर्ने कुनै घटनाहरू सम्झिन्छौ ?

9:40 – पहिलो विशेषता – महिला विषय – केटीहरूले यी सबै कुराहरू किन भोगिरहेका छन् ?

15:00 – किन पितृसत्ताको चक्र निरन्तर छ ? (वेडिङ एल्बम एल्बमको प्रसङ्ग ।)

17:38 – पुरुष चरित्रहरू – पितृसत्ताले पुरुषलाई पनि असर गरिरहेको छ । यो कुरालाई कसरी हेर्छौ ? पुरुषहरूले यो विषयमा बुझ्न नसकेको कुरा के हो ?

19:55 – दोस्रो विशेषता: समानुभुति (Empathy)

24:31 – Let’s talk about ‘Space of theatre’ । महिला र पुरुष दुबैलाई Safe Space को किन जरुरी छ ?

29:06 – Character’s backstory. – backstory बुझ्नु किन जरुरी छ ?

31:43 – तेस्रो विशेषता- Modern society stories. अहिलेको पुस्ताले भोगिरहेको सबैभन्दा ठूलो सङ्घर्ष के हो ?

37:22 – विवाह जस्ता संस्थाहरू छन् जहाँ एकदमै धेरै Communication Gap हुन्छ । तिमीले कुरा भन्नुपर्छ भन्दै गर्दा बिहे जस्तो संस्थाहरूको भूमिका कस्तो देख्छौ ?

47:27 – The dichotomy of आफ्नो छोरी भर्सेस बुहारी । यो कुरालाई कसरी हेर्छौ ?

49:02 – Space within certain structure vs Space of your own. आफ्नो थिएटर हुनु र नहुनुमा के फरक हुँदो रहेछ ? [The cost of having an ideology.]

51:35 – Female with opinion. – Up to which level ?

55:05 – तेस्रो विशेषता – Female Team, Female Cast – त्यसको के महत्त्व छ ?

57:40 – चौथो विशेषता – Uncomfortable Issues – योनीका कथाहरू – मान्छे interested छ तर कुरा गर्न खोज्दैन

1:02:36 – तिम्रो ममी स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ । उहाँको माध्यमबाट तिमीलाई थाहा भएका महिला समस्याहरू के के छन् ? 

1:04:43 – What is your lowest point ?

1:09:40 – How was your healing process?

1:11:18 – What makes you happy?

1:12:11 – What makes you sad?

1:12:49 – What makes you worried?

1:13:23 – के कुराले डर लाग्छ ?

1:14:04 – What makes you satisfied?

1:14:28 – What makes you hopeful?

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *