वैद्य इनर्जीको ‘एथर इलेक्ट्रिक’ सार्वजनिक, सोमबारदेखि बिक्री सुरु

काठमाडौँ । भारतमा उत्पादन भएको विद्युतीय स्कुटर एथरको आयात कर्ता कम्पनी वैद्य इनर्जीले आफ्नो पहिलो शोरुम संचलानमा ल्याएको छ ।

काठमाडौँको ग्रैह्रिधारामा पहिलो अन्तर्राष्ट्रिय स्तरको शोरुमा संचालनमा ल्याएको हो ।

कम्पनीको पहिलो शोरुममा प्रिमियम स्कुटर ४५० एक्सको दुई भेरियन्ट सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रममा एथर इन्डिया तथा वैद्य इनर्जिको उपस्थितिमा भएको हो ।

शोरुमा उद्घाटन कार्यक्रममा बोल्दै ‘आफूहरू सधैँ नवीन खोज, उत्कृष्ट डिजाइन र त्योभन्दा पनि बढी सुरक्षा र टेक्नोलोजीमा विश्वास गर्छौ । त्यसमा एथरका उत्पादन फिट हुने हाम्रो विश्वास छ’, सिइओ वैद्यले भने ।

त्यस्तै एथर इन्डिया रभनित पोखेलाले एथरको पहिलो अन्तर्राष्ट्रिय बजारको रुपमा नेपाल आउन पाउँदा आफूहरू उत्साहित भएको र नेपालमा एथरका स्कुटरले नेपाली सडकमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

कम्पनीले आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स’ को दुई भेरियन्ट सार्वजनिक गरेको छ ।

वैद्य इनर्जिले एथर ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा उपलब्ध छ जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको ब्याट्री रहेको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

एथर ‘४५० एक्स’ लाई सिङ्गल चार्जमा १०० किलोमिटरदेखि १४६ किलोमिटरसम्म गुडाउन सकिने छ ।

यसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

एथर ‘४५० एक्स’ अविश्वसनीय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर हो । यसमा ७ इन्चको टीएफटी स्मार्ट टच डिस्प्ले उपलब्ध छ । जसमा गुगल म्याप, नेभिगेशन फिचर, टायर प्रेशर मोनिटर जस्ता फिचर उपलब्ध छन् ।

यसमा सेग्मेन्ट फ्रष्ट फिचरको रुपमा हिल होल्ड, बाइब्री क्यालिपर, टच डिस्प्ले, ५ राइड मोड, बेल्ट ड्राइभ, फलसेफ जस्ता फिचर उपलब्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *