द्वन्द्वपछिको गाजा स्वतन्त्र प्यालेस्टाइन राज्यको हिस्सा हुनुपर्छ : एर्दोगान
२०८० कार्तिक २० गते

एजेन्सी । इजरायल–हमास द्वन्द्व समाप्त भएपछि गाजा एक स्वतन्त्र, सार्वभौम प्यालेस्टाइन राज्यको हिस्सा हुनुपर्ने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका छन् । उनले आफूहरुले गाजा एक शान्तिपूर्ण क्षेत्रको रूपमा हेर्न चाहेको बताएका हुन् ।
उनले गाजा प्यालेस्टाइन राज्यको हिस्सा भएको बताए । उनले गाजा पट्टीमा इजरायलको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई कुनैपनि हिसावले टर्कीको समकक्षीको रूपमा लिन नसकिने बताए ।
अन्तर्राष्ट्रिय कूटनीतिमा पूर्ण रूपमा सम्बन्ध तोड्ने कुनै काम नहुने बताए । टर्कीका राष्ट्रपतिले टर्कीको मुख्य लक्ष्य इजरायल–प्यालेस्टाइन मुद्दामा अन्तिम शान्ति स्थापना गर्नु रहेको कुरामा जोड दिँदै आफ्नो देशले यस सम्बन्धमा प्रयास जारी राखेको र जारी राख्ने बताए ।
२०८० कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित








