गोंगबुका इन्सपेक्टर गुरुङले कुटे भूपू आर्मी

काठमाडौं । भूपू आर्मी कुट्ने प्रहरी प्रभाग, गोंगबुका प्रहरी निरीक्षक दिनेश गुरुङमाथि छानबिन सुरु भएको छ । एक सेवाग्राहीलाई निर्घात कुटपिट गरेको आरोपमा उनीमाथि छानबिन सुरु भएको हो ।

गत १६ कात्तिकमा उनले नुवाकोट घर भई बानियाटार बस्ने भूपू आर्मी कर्णबहादुर अधिकारीलाई उनले कुटेको आरोप छ । अधिकारी लेनदेनसम्बन्धी विवादमा उजुरी लिएर प्रभाग गएका थिए । उनको मुकुन्द थपलियासँग लेनदेन विवाद थियो । सो दिन छलफलका लागि प्रहरी कार्यालयमा बोलाइएको थियो ।

थपलिया नआएपछि अधिकारीले प्रहरी कार्यालयबाटै फोन गरी गालीगलौज गरेका थिए । प्रहरी कार्यालयमा जथाभाबी बोलेको भन्दै प्रभागका प्रमुख इन्स्पेक्टर गुरुङले उनले कुटेका हुन् । अधिकारी घाइते भएका छन् ।

पछि माफी मागेर अधिकारी श्रीमतीसहित त्यहाँबाट निस्किएका थिए । कुटपिटबाट आफू अस्पताल नै जानु परेको भन्दै उनले विभिन्न निकायमा उजुरी गरेका हुन् । जसअनुसार गुरुङमाथि छानबिन सुरु भएको हो । घटना गम्भीर प्रकृतिको देखिएकाले इन्स्पेक्टर गुरुङलाई कारबाही गरिने प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =